वीरगञ्जका मेयरलाई कोरोना देखिएपछि पालिका प्रमुखमा त्रास, पोखराका मेयरको स्वाब परीक्षण

वीरगञ्जका मेयरलाई कोरोना देखिएपछि पालिका प्रमुखमा त्रास, पोखराका मेयरको स्वाब परीक्षण

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीमा बिहीबार कोरोना पुष्टि भयो। उनलाई कहाँबाट कोरोना सर्‍याे यकीन भएको छैन।

तर मेयरलाई कोरोना पुष्टि भएपछि देशका विभिन्न पालिकाका प्रमुखमा त्रासको वातावरण सिर्जना भएको छ। 

संक्रमण पुष्टि भएका मेयर सरवागी चार दिन अघि काठमाडौंमा एउटा बैठकमा सहभागी हुन पुगेका थिए। त्यहाँ विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख उपस्थित थिए। 

नगर विकास कोषको बैठकमा सोमबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि थिए। कोरोना संक्रमित मेयर सरवागी र पोखराका मेयर जिसी बीच काठमाडौंमा भेट भएको थियो।

मेयर जिसी स्वयंले वीरगञ्जका मेयरसँग भेट भएको बताए। तर, भौतिक दूरी र स्वास्थ्य सुरक्षा व्यवस्था कायम राखेको उनको दाबी छ।

वीरगञ्जका मेयरम कोरोना देखिएपछि पोखराका मेयर जिसीकोे स्वाब पनि संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।  ‘उहाँ (वीरगञ्ज) का मेयरलाई कोरोना देखियो। मैले पनि स्वाब दिइसकेँ। रिपोर्ट बेलुकासम्म आउला,’ जिसीले भने।
 


Leave a Reply

Your email address will not be published.