विराटनगरमा १४ दिन लकडाउन घोषणा 

विराटनगरमा १४ दिन लकडाउन घोषणा 

विराटनगर महानगरपालिकाले १४ दिन लकडाउन गर्ने घोषणा गरेको छ।

महानगरले कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर गएको निस्कर्षसहित यसअघिको भन्दा कढा लकडाउन गर्ने घोषणा गरेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन्। 

कार्कीका अनुसार महानगरको शुक्रबार सम्पन्न नगरस्तरीय सिसिएमसीको बैठकले विराटनगर छिर्ने सबै नाकामा प्रवेश कडा पार्ने निर्णय गरेको छ। 

यस्तै विराटनगरमा आवजावत पूर्ण नियन्त्रित बनाउन नेपाल प्रहरी र नगर प्रहरी परिचाल गरिने महानगरले जनाएको छ। पसल खोल्न पाइने छैन भने अतिआवश्यकीय सामाग्री चाहिने पसलाई स्वास्थ्य सचेतना अनपनाएर मात्र खोल्न दिइने छ।

प्रदेश राजधानीसमेत रहेको विराटनगरमा समुदाय तहमा कोरोना फैलिइसकेको चिकित्सकले बताएका थिए। यसअघि नै लकडाउन गर्ने तयारी भए पनि प्रदेश सरकारले नदिएको मेयर भीमपराजुलीले सार्वजनिक रुपमै बताएका थिए। 

‘स्थिति थप नबिग्रियोस भन्नका लागि हामीले लकडाउन नै गर्नुपरेको हो,’ कार्कीले आयोमेलसँग भनिन्, ‘यसले विराटनगरको संक्रमण बाहिर जान र बाहिरको विराटनगर आउन रोक्नेछ।’


Leave a Reply

Your email address will not be published.