कैलालीमा बाढीले बगाएका तीनै जनाको शव भेटियो
कैलालीको भजनीमा बाढीले बगाएर वेपत्ता भएका तीनै जनाको शव भेटिएको छ।
बाढीमा बगेर मृत्यु हुने मध्य भजनी नगरपालिका- ८ का चक्र बहादुर बिकको शव आज दिउँसो पत्ता लागेको छ। उनीसँगै वेपत्ता भएका इश्वर शाहको शव बिहीबार फेला परेको थियो।
बाढीमा बगेर मृत्यू भएका तेश्रो व्यक्ति स्केल चौधरीको शव आज बिहान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
अविरल वर्षासँगै आएको बाढीमा ६ जना बगेकोमा तीन जनालाई भने बुधबार नै जीवितै उद्धार गरिएको थियो।