ख्वप माध्यमिक विद्यालय २२ वर्षमा प्रवेश

ख्वप माध्यमिक विद्यालय २२ वर्षमा प्रवेश

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले चुनावी घोषणापत्रअनुसार जनतासामु भोट माग्दा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्ने सिलसिलामा भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले २०५६ साउन १६ गते तत्कालीन ख्वप उच्च मावि (हाल ख्वप मावि) सञ्चालन गर्नुभयो। यो आफैंमा गौरवशाली र ऐतिहासिक कदम थियो। 

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप मावि स्थानीय तहबाट सञ्चालित नेपालको एकमात्र प्लस टु विद्यालय हो। स्थापनाको छोटो अवधिमा यस विद्यालयले अभिभावकहरूको विश्वास जित्न सफल भयो।

विद्यालयमा कक्षा कोठाहरू नपुग भएकोले ख्वप माविले वागेश्वरी मावि, बासु मावि, आदर्श आजाद मावि र प्रभात अंग्रेजी माविमा आफ्ना कक्षाहरू सञ्चालन गर्यो। ख्वप माविका कक्षाहरू सञ्चालन भए। तत्कालीन समयमा कक्षा १० सम्म पढाइ हुने विद्यालयमा पनि कक्षा ११ र १२ पढाउने वातावरण निर्माण गर्न यस विद्यालयले शैक्षिक तथा आर्थिक टेवा पुर्यायो।

ख्वप माविको जगमा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान र ख्वप कलेज अफ इन्जिनियरिङ पनि सञ्चालन भयो। यसरी ख्वप मावि शैक्षिक अभियानको अग्रमोर्चामा क्रियाशील रहँदै आयो। 

२०७७ साउन १६ गते ख्वप माविले २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश ग¥यो। यस पुनीत अवसरमा समस्त जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्, अभिभावक, समाजसेवी एवं शुभचिन्तकमा विद्यालयको प्रगति र उत्थानमा यहाँहरूले दिँदै आउनुभएको सल्लाह र सुझावका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। 

ख्वप माविका स्थापनाका उद्देश्यः
सर्वसाधारण जनताका छोराछोरीले समेत अध्ययन गर्नसक्ने गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिने,
समाजलाई बुद्धिजीवीकरण गर्न सहयोग गर्ने,
एक्काईसौं शताब्दीका चुनौतीहरू सामना गर्नसक्ने जनशक्ति तयार गर्ने,
श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने,
शिक्षालाई उत्पादन श्रमसँग जोड्ने।

ख्वप माविमा सञ्चालित शैक्षिक कार्यक्रमः
प्लस टु विज्ञान (कम्प्युटर विज्ञानसहित),
प्लस टु व्यवस्थापन (होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम, कम्प्युटर र फाइनान्स विषयसहित),
प्लस टु मानविकी (अङ्ग्रेजी, समाजशास्त्र, पत्रकारिता, गणित, नेपाली, राजनीतिशास्त्र, संस्कृति, पेन्टिङसहित),
प्लस टु कानुन। 

विद्यार्थी भर्नाः 
हालसम्म विद्यालयमा विज्ञान संकायमा ६,७४६, व्यवस्थापन संकायमा ८,०४५, मानविकी संकायमा १५५५ र कानुन संकायमा ५० गरी कुल १६,३९६ विद्यार्थी भर्ना भइसकेका छन्। 

विद्यार्थी उत्तीर्णः
ख्वप माविमा भर्ना भएका विद्यार्थीमध्ये हालसम्म विज्ञानमा ४,८६८, व्यवस्थापनमा ५,८२५ र मानविकीमा ९७७ गरी कुल ११,६७० जना विद्यार्थीले प्लस टु तह उत्तीर्ण गरिसकेका छन्। 

अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षकः
ख्वप माविमा शैक्षिक वर्ष २०७६÷७७ मा ६८ जिल्लाका २,९०६ जना विद्यार्थी अध्ययनरत छन् भने २८ जिल्लाका १६९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

छात्रवृत्तिः
विद्यालयले प्रत्येक वर्ष जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। गत आर्थिक वर्षमा विद्यालयले ५२५ जनाभन्दा बढी गरिब तथा जेहेनदार विद्यार्थीलाई ६५ लाख ५५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान ग¥यो। यस शैक्षिक वर्षमा विद्यालयले ६५ लाख छात्रवृत्ति शीर्षकमा बजेट विनियोजन गरेको छ। 

श्रेष्ठ स्कुलका प्रिन्सिपल हुन्


Leave a Reply

Your email address will not be published.