भागबण्डाको प्लेगले सल्काएको कोरोना

भागबण्डाको प्लेगले सल्काएको कोरोना

लकडाउन खुलेलगत्तै राजधानी उपत्यकामा कोरोना भाइरसले पखेटा फैलाउन थाल्यो। १० दिनको अवधिमा संक्रमित संख्या ५ सय नाध्यो। एकजना संक्रमित देखिँदा लगाइएको लकडाउनले ३ महिना गुजार्दा सरकारले कुनै तयारी नगरेको कटु यथार्थ यतिबेला प्रष्टिँदै गएको छ।

वास्तवमै पूरै नेपाल र खास गरी कुल जनसंख्याकै झन्डै २० प्रतिशत बसोबास गर्ने राजधानी उपत्यकालाई कोरोनाको व्यापक मारबाट बच्ने ठूलो अवसर थियो, जुन उपयोग गरिनुपर्थ्याे। तर, ठूला विपत्तिमा सबैभन्दा सरोकारित भएर काम गर्नुपर्ने राज्यले यति नै बेला ठूला भ्रष्टाचार काण्डहरू रच्न पुग्यो।

यही बेला सत्तासीन नेकपालाई भागबण्डाको प्लेग लाग्यो। यसले राज्यको कार्यसम्पादनमा असर पर्नु एउटा पक्ष हो भने जनताप्रतिको संवदेनहीनता उदागिंनु पनि स्वाभाविक हो। 
 


Leave a Reply

Your email address will not be published.