अनलाइन चेस ओलम्पियाडमा नेपाली खेलाडीकाे राम्राे सुरुवात

अनलाइन चेस ओलम्पियाडमा नेपाली खेलाडीकाे राम्राे सुरुवात

नेपाली खेलाडीले शुक्रबार सुरु अनलाइन चेस ओलम्पियाडमा राम्रो सुरुवात गरेका छन्। पहिलो चरणको खेलमा तान्जनियामाथि ४- २ जित हात पारेकाे छ। दोस्रो चरणको खेलमा बहराइनलाई पनि ४-२ ले नै पराजित गर्याे।

पहिलो खेलमा नेपालका फिडे मास्टर मनीष हमाल, सुजना लोहनी, निकेश कुस्था र अनिषा न्यौपानेले सफलता हात पारे। नेपाललाई महत्त्वपूर्ण ४ अंक दिलाएका थिए भने विवेक लामा र सीन्दिरा जोशी भने पराजित भए।

दोस्रो चरणको खेलमा मनिषको ठाउँमा खेलेका रुपेश जैसवालले बहराइनी खेलाडी अल घस्रा, सुजनाले जेनब अल्फु,  निकेनले मोसा हमद, अनिषाले हलेमा हम्दीलाई पराजित गरे।

डिभिजन ४ को ए समुहमा रहेको नेपाल तेस्रो चरणको खेलमा माल्दिभ्ससँग ३-३ को बराबरी खेले। सो खेलमा रुपेश जैसवाल, सुजना लोहनी र युवराज पौडेलले जीत हात पारे भने मनिष हमाल, शान्ति धिमाल र अनिषा न्यौपाने पराजित भए। 

पूर्व नेपाल च्याम्पियन सुरवीर लामाको कप्तानीमा रहेको नेपालले  शनिबार  केनिया, चाइनिज ताईपेइ र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

 


Leave a Reply

Your email address will not be published.