भक्तपुरमा थपिए एक हजार तीन सय ७१ मतदाता
भक्तपुर जिल्ला निर्वाचन कार्यालयले भक्तपुरमा नयाँ दर्ता मतदाता नामावली सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा १ हजार ३ सय ७१ नयाँ मतदाता थपिएका छन्।
जस अनुसार ६ सय ७३ महिला मतदाता र ६ सय ९८ पुरुष मतदातामा थपिएका हुन्।
आयोगमा ९ जना मतदातले बाह्य जिल्ला जान र ३९ जनाले भक्तपुर आउन अद्यावधिकका लागि निवेदन पेस गरेका छन्। यस्तै जिल्लाभित्र आन्तरिक अद्यावधिकका लागि १८ जनाको निवेदन परेको छ।