नेविसंघ र तरुण दलसहित ९ संगठनको म्याद थप
नेपाली कांग्रेसले कार्यकाल सकिन लागेका भातृ संस्थाहरूको ६ महिना म्याद थप गरेको छ।
भातृ संस्थाहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि सकिएकाले ६ महिनाका लागि म्याद थप गरिएको छ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकले म्याद सकिएको दिनबाट ६ महिनासम्म लागु हुनेगरि म्याद थप गरेको जनाएको छ।