बारामा आइतबारदेखि अनिश्चित कालिन निषेधाज्ञा जारी 

बारामा आइतबारदेखि अनिश्चित कालिन निषेधाज्ञा जारी 

कोरोना संक्रमण समुदाय स्तरसम्म फैलिएको र छिमेकी जिल्ला पर्सामा संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै बारा प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको छ।

जिल्ला प्रशासन बारामा आज बसेको सरोकारवालाहरूको बैठकले साउन १५ गते आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरि अर्को सुचना जारी नभएसम्मका लागि लकडाउन घोषणा गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर जानपाइने छैन।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सवारी साधन मात्र चलाउन पाइने र प्रशासनले भनेका अत्यावश्यक उपभोग्य पसल मात्र सञ्चालन गर्न पाइने छ। भारतसँग जोडिएका सीमा नाकाको आवतजावतमा पूर्ण रोक लगाइने स्थानीय प्रशासनले जनाएको छ।


Leave a Reply

Your email address will not be published.