राजश्व कार्यालय नै बन्यो आसोलेसन सेन्टर

राजश्व कार्यालय नै बन्यो आसोलेसन सेन्टर

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाईनै आइसोलेशन सेन्टर बनाइएको छ। उक्त कार्यालयका ११ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाईनै आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको हो।

एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेशन सेन्टर बनाएर उनीहरूलाई त्यहीँ राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

त्यहाँ अहिले १२ जनालाई राखिएको छ। सुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ।


Leave a Reply

Your email address will not be published.