उपरथी हमालले सम्हाले राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरको कार्यभार

उपरथी हमालले सम्हाले राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरको कार्यभार

नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी कार्यभार सम्हालेका छन्।

उपरथी हमालले साउन १२ गते एक समारोहकाबीच मध्यपूर्वको गोलानहाइटस्थित उक्त मिशनका एक्सिङ हेड अफ मिसन अमेडदो मिसेल्लीसँग कार्यभार बुझेको जंगीअड्डाले जनाएको छ।

उपरथी हमालले मिशनका लक्ष्य हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको र त्यसका लागि सबैको सहयोगको अपेक्षा रहेको बताएका थिए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्टेरेसले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए।

हमाल यसअघि आर्मी कमान्ड स्टाफ कलेजका शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिर्भसिटी’ प्रमुख थिए।


Leave a Reply

Your email address will not be published.