दुई संक्रमितको सम्पर्कमा आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

दुई संक्रमितको सम्पर्कमा आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन गरिएको झापा बाह्रदशीका सबै ४१ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ। 

कोरोना संक्रमित स्थानीय समुदायका दुई व्यक्तिको सम्पर्कमा आएका ४१ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो। शुक्रबार उनीहरूको रिपोर्ट नेगेटिभ आएको बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले बताइन्।

अन्यत्र बाहिर कतै नगएका एक स्वास्थ्यकर्मी र एक जना राजनीतिक कार्यकर्तामा संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। सोमबार उनीहरूमा संक्रमण देखिएपछि राजगढ क्षेत्र सिल गरेर मंगलबार  कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणका लागि स्वाब पठाइएको थियो।

संक्रमितको परिवार र उनीहरुको सम्पर्कमा आएकाको स्वाब संकलन गरिएको थियो ।समुदाय स्तरमा संक्रमित उनीहरू दुबै जनाको धरानमा उपचार भइरहेको छ।

उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि स्थानीयमा  देखिएको त्रास केही कम भएको छ। यद्यपि, पूर्ण ढुक्क हुन सकिने अवस्था नरहेको स्थानीय बिपी लामिछानेले बताए।

बाह्रदशीमा पटकपटक संक्रमण देखिएकाले पनि स्थानीयमा त्रास निवारण नभएको उनको भनाइ छ। बाह्र्दशीमा संक्रमण देखिएको यो तेस्रो पटक हो।  पहिलो पटक वैशाख,  दोस्रोपटक  असरमा संक्रमण देखिएको थियो।


Leave a Reply

Your email address will not be published.