गुल्मी: घरमा पहिरो खस्दा एकै परिवारका चार जना पुरिए

गुल्मी: घरमा पहिरो खस्दा एकै परिवारका चार जना पुरिए

गुल्मीको रूरूक्षेत्र गाउँपालिका५ बम्घा आटीपाटा (उल्लीखोला) ढुंगासहितको पहिरो खस्दा एकै घरका चार जना पुरिएका छन्।

वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले आयोमेललाई दिएको जानकारी अनुसार शुक्रबार राति ९ बजेतिर वर्षासँग पहिरो खस्दा राजु माझीको घर पुरिएको हो।

पहिरोमा राजुकी श्रीमती विना माझी, किशोर अवस्थाका दुई छोरा सागर र हेमन्त तथा ४ वर्षीया छोरी विनिता पुरिएको उनले बताए। तीमधय्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन बाँकी रहेको छ।

राजु रोजगारीको सिलसिलामा भारतमा छन्।

यो समाचार तयार पार्दासम्म शुक्रबार मध्यराति स्थानीय बासिन्दा पुरिएकाहरुको खोजविन गरिरहेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले उद्धारमा खटिन पनि आह्वान गरेका छन्।

मुलुकमा पछिल्लो पटक गत मंगलबारदेखि लगातार जस्तो वर्षा भइरहेको छ। तराईमा बाढी र पहाडमा पहिरोका घटना भइरहेको विवरण प्राप्त भएका छन्।


Leave a Reply

Your email address will not be published.