देशका केही स्थानमा भारी वर्षाको सम्भावना
देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि देशका केही भागमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।
आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका अन्य भागमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पानी पर्ने स्थानका नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।