सम्बन्धलाई सधै सुमधुर कसरी बनाउने?
सधै सम्बन्धलाई बलियो बनाइराख्नु पक्कै पनि चानचुने कुरा होइन। यसका लागि सानो-सानो कुरामा ध्यान दिनुपर्छ।
श्रीमान श्रीमतिको बिचमा सुमधुर सम्बन्ध भयो भने त्यो परिवारको खुशी नै अर्कै हुन्छ। त्यसैले सधै एक अर्काको सानो-सानो कुरामा पनि ध्यान दिनुपर्छ। सधै भावनाको उचित सम्मान गर्नुपर्छ।
सानो कुराबाट सुरु भएको बिवादले पनि कुनै बेला ठूलो रुप लिन सक्ने भएकाले सधै सावधानी अपनाउनुपर्छ। त्यसैले सम्बन्ध बलियो बनाउन तलका चार कुरामा विशेष ध्यान दिनुपर्छ।
एक आपसमा सधै खुशी रहने
सम्बन्ध बलियो बनाउन एक आपसमा सधै खुशी रहनुपर्छ। जसले गर्दा आफूमा भएका तनाव पनि हल्का लागुन्। हासो सम्बन्धि विशेषज्ञका अनुसार हाँस्दा शरीरमा अक्सिटोसिन हार्मोन बन्छ। जसले मुडलाई फ्रेस पार्न मद्त गरिरहेको हुन्छ।
सधै खुशी हुने जोडिले एक अर्कालाई निकै माया गरिरहेका हुन्छन्। त्यसैले सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ भने सधै मन खोलेर हास्नुपर्छ।
मनमुटाव नगर्ने
एक आपसमा कहिले पनि मनमुटाव गर्नु हुँदैन। कुनै समस्या पैदाभए एक आपसमा मिलेर समाधान गर्ने गर्नुपर्छ। एक अर्काप्रति कहिले पनि मनमा गलत बिचार पैदा हुनदिनु हुँदैन।
आखिर जे गरिरहेका छौं यो सबै हाम्रै लागि त हो भन्ने रुपमा मिलेर अगाडि बढ्नुपर्छ। आपसमा जति सक्दो प्रेम बढाउनुपर्छ।
जिम्मेवार बन्ने
सम्बन्धलाई बलियो बनाउन एक अर्काप्रति जिम्मेवार हुनुपर्छ। पार्टनरसँग खुलेर जीवन विताउनुपर्छ। जब खुलेर जीउने गरिन्छ तब मात्रै पार्टनरसँगको सम्बन्धको गहिराई महशुस हुन्छ।
पार्टनका इच्छा चाहनालाई सधै बुझ्ने गर्नुपर्छ। कहिले भावनामा ठेस पुर्याउनु हुँदैन। बेला-बेला आफ्नो पार्टनरलाई मन पर्ने उपहार र खाने कुरा लगिदिनुपर्छ। जसले सम्बन्धलाई थप बलियो बनावस्।
कुनै कुरा नलुकाउने
पार्टनरसँग कुनै कुरा पनि लुकाउँनु हुँदैन। कुरा लुकाउँदा सधै कतैबाट थाहा पाइपो हाल्छकी भन्ने मनमा डर हुन्छ। अनी मानिसमा झर्किने स्वभावको विकास हुन जान्छ।
त्यसैले कुनै पनि कुरा लुकाउनु हुँदैन। कहिले कुनै गल्तिनै भइहाल्यो भने पनि बाड्नुपर्छ। कुरा लुकाउनुभन्दा यसरी अन्जानमा भएका गल्ति बाढ्दा क्षेम्य हुन पुग्छन् र सम्बन्ध बलियो हुन्छ।