प्रमोदको स्वर र राजको शब्द रहेको ‘छाती धड्कियोस्’ सार्वजनिक
गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मेरो छाति धड्कियोस्’ गीतको भिडियो सार्वजनिक भएको छ।
लेखक तथा पत्रकार राज सरगमको शब्द रहेको गीतमा संगीतकार विपिन आचार्यले कम्पोज गरेका छन्।
काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको भिडियोलाई नारायण ठकुरी र गीतकार स्वयम्ले निर्देशन गरेका हुन्। नरेश चैसिरको गीतको छायाङ्कन गरेका हुन् भने सन्देश परियारको सम्पादन गरेका हुन्।
भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय रहेको छ। म्युजिक भिडियो साइराम पिक्चरबाट सार्वजनिक गरिएको छ।
लेखक सरगमले योभन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छेलगायत सिनेमाका गीत लेखिसकेका छन्।