हामी जुटेकै दिनबाट फुटाउने षडयन्त्र भएको हो : प्रचण्ड

हामी जुटेकै दिनबाट फुटाउने षडयन्त्र भएको हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' पार्टी एकता गरेकै दिनबाट नेकपालाई फुटाउने षडयन्त्र भइरहेको बताएका छन्।

तुल्सीलाल स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता गर्दा नै दुवै पार्टीका नेताहरूले त्याग गरेको स्मरण गरे।

'हामी जुटेकै दिनबाट फुटाउने सडेन्त्र भइरहेको छ। यो एकता पद प्राप्तिका लागि मात्रै भएको होइन', उनले भने, ' पार्टीभित्रको बहस अहिले पद प्राप्तिका लागि भइरहेको होइन।'

उनले अहिले बहसले आफूलाई चिन्तित तुल्याएको समेत बताए। ‘कुनै सामान्य पार्टी भएको भए राष्ट्र र जनताको खासै असर गर्दैन थियो, तर यो त्यस्तो पार्टी होइन, जनताको भरोसाको पार्टी हो, विवाद बहस अस्वस्थ्य हुँदा नकारात्मक असर हुनु स्वभाविक हो, नेतृत्वको झिनाझम्टी, पदका लागि हो कि भन्ने बाहिर भ्रम परेको छ, तर त्यस्तो होइन,’ उनले भने।


Leave a Reply

Your email address will not be published.