पिएसजीले जित्याे फ्रेन्च लिग कप

पिएसजीले जित्याे फ्रेन्च लिग कप

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको चौथो फुटबल उपाधि जितेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बनेको थियो। 

अघिल्लो साता मात्र पिएसजीले सेन्ट इटेनलाई १–० ले हराएर फ्रेन्च कप जितेको थियो । जहाँ युवा स्टार केलियन एमबाप्पेले चोट बोकेका थिए। यो फाइनलमा पिएसजीले एमबाप्पेलाई गुमाएको थियो।

ब्राजिली स्टार नेयमारसम्मलित टोली पिएसजीले घरेलु फुटबलमा पछिल्लो ६ वर्षमा चौथोपटक तेहेरो उपाधि जितेको छ। यसअघि सन् २०१५, २०१६ र २०१८ मा पिएसजीले यो सफलता पाएका थिए।

लियोनले भने लिग कप २००१ मा जितेको थियो। टोली फाइनल पुगेर चौथोपल्ट पराजित भएको छ। यद्यपि टोलीले अर्को सिजनलाई युरोपा लिगमा स्थान सुरक्षित गरेको छ। 

घुँडाको लिगामेन्टको चोट बोकेका मेम्फिस डिपेले ६ महिनापछि लियोनको कप्तानी सम्हालेका थिए। चोट बोक्नुअघि उनले १८ खेलमा १४ गोल गरेका छन्।

पेरिसस्थित स्टेड डी फ्रान्स रंगशालामा फ्रेन्च लिग कप फाइनल ५ हजार दर्शकले हेरेका थिए। कोरोना भाइसको महामारीबीच भएको यो खेलमा सर्वाधिक दर्शकको उपस्थिति रहेको हो।

अघिल्लो साताको फ्रेन्च कप फाइनलमा भने २८ सय दर्शकको उपस्थिति थियो।

अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.