गोलरक्षक चेम्जोङ अर्थोप्लास्टको सद्भावना दूत

गोलरक्षक चेम्जोङ अर्थोप्लास्टको सद्भावना दूत

नेपाली राष्ट्रिय फुटबल टोलीको गोलरक्षक किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले सद्भावना दूत नियुक्त गरेको छ। 

ललितपुर ग्वार्को सेन्टरको मुख्यालयमा शनिबार आयोजित कार्यक्रमबीच गोलरक्षक चेम्जोङलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो।  चेम्जोङलाई सद्भावना दूतकाे जर्सी पूर्व राष्ट्रिय गाेलरक्षक उपेन्द्रमान सिंहले हस्तान्तरण गरेका थिए।

दुई वर्षयता सेन्टरले विभिन्न खेलका खेलाडीहरूलाई सेवा प्रदान गर्दै आएको छ। विशेषगरी नेपाली खेलाडीहरूको इन्ज्युरी समस्यामा सहयोग पु¥याउँदै आएको सेन्टरले जनाएको छ।

धेरैभन्दा धेरै खेलाडीलाई रियाब र फिजियोथेरापी सेवा प्रदान गर्नका लागि खेलाडीलाई नै सद्भावना दूत बनाइएको संस्थाले कार्यक्रममा संस्थाका डाइरेक्टर समिद कलिला श्रेष्ठले जानकारी गराए।

सद्भावना दूत बनेका चेम्जोङ र उनको परिवारले अर्थोप्लास्टबाट २ लाख रुपैयाँबराबरको सेवासुविधा पाउनेछन्। त्यस्तै ल्याब सेवामा ५० प्रतिशत छुट पाउने छन्। 

त्यस्तै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने जुनसुकै विधाका राष्ट्रिय खेलाडीलाई संस्थाले दिने सेवामा ४० प्रतिशत तथा जुनसुकै विधाका खेलाडीलाई ३० प्रतिशत छुट दिने जनाएको छ।

नेपाल  फिजियाेथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारी, डा‌. राजीवराज मानन्धर, संस्थाका एमडी हरिकुमार तामाङलगायतले  रिह्याबकाे महत्वबारे बाेलेका थिए।

 


Leave a Reply

Your email address will not be published.