अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध

अमेरिकाले पनि चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउनसक्ने बताएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको अधिकार प्रयोग गरेर टिकटकमाथि प्रतिवन्ध लगाउने जनाएका हुन्। 

पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक बन्द गर्न आदेश दिने बताएका हुन्। सम्भवत: उनले आज शनिबार नै त्यो आदेशमाथि हस्ताक्षर गर्नेछन्। 

यसअघि अमेरिकी सुरक्षाअधिकारीहरुले टिकटकबाट अमेरिकी जनताको डाटा सुरक्षामा खतरा आउनसक्ने बताएका थिए। 

यो आदेशका लागि ट्रम्पले संकटकालिन आर्थिक अधिकार वा कार्यकारी निर्देशन प्रयोग गर्नसक्ने बिबिसीले जनाएकाे छ। 

यसअघि भारतले पनि टिकटक लगायत थुप्रै मोबाइल एप्पहरुमा प्रतिवन्ध लगाइसकेको छ। 

२०१७मा लन्च भएको टिकटक चिनियाँ कम्पनीले बाइटडान्सले बनाएको हो। अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक बेच्न बाइटडान्सलाई प्रस्ताव गरिरहेका बेला ट्रम्पको यो घोषणा गरेका हुन्। 


Leave a Reply

Your email address will not be published.