तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय स्रोत नखुलेको करिब साढे १४ लाख रकमसहित पक्राउ परेका छन्।

दाङबाट काठमाडौं जाने क्रममा शुक्रबार साँझ चन्द्रागिरि नगरपालिका वडा २ नागढुंगाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उपाध्यायलाई पक्राउ गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको साथबाट एक लाख २४ हजार ७ सय ५० नगदसहित फिक्स डिपोजिट गरेको चार लाख २९ हजारको रसिद र आठ लाख ९५ हजार बिल डिपोजिट गरेको भौचर बरामद भएको अख्यितारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।

उनलाई बा २झ ४०९९ नम्बरको सरकारी गाडीबाट काठमाडौं जाँदै गरेको अवस्थामा गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.