बुटवल-पाल्पा सडकको दोभानमा सडक भासियो, हलुका सवारीमात्रै आवतजावत
लगातार बर्षाका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको दोभानमा सडक भासिएको छ।
तिनाउ गाउँपालिका वडा नं ३ दोभानमा सडक भासिएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो १२ मिटर लम्बाइ डेढ फुट सडक चिरा चिरा परेर फाटेकोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जनाए।
सडक भासिएपछि प्रहरीले उक्त ठाउँबाट हलुका सवारी साधन र मोटरसाइकल मात्रै आवतजावत गर्न दिइएको दोभान प्रहरी चौकीले जनाएको छ।