प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६० हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६० हजारले पाए रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजार बेरोजगार युवाले राजगारी प्राप्त गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेरोजगार युवालाई काममा लगाएर केही दिनका लागि भए पनि रोजगारी दिने उद्देश्यसहित लागू भएको कार्यक्रममा देशभरका ६० हजार ६० जना युवा आबद्ध भएका हुन्।

शनिबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको समिक्षा बैठकमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिको सहभागिता थियो । 

गत आर्थिक वर्षका आयोजना तथा कार्यक्रमको समग्र भौतिक वित्तीय प्रगति, माइलस्टोनको प्रगतिका विषयमा समीक्षा गरिएको थियो । गत आर्थिक वर्षमा जम्मा ११ वटा आयोजना रहेको मन्त्रालयको वित्तीय खर्च प्रगति ४० प्रतिशत रहेको जनाइएको छ।

कुल बजेट ६ अर्ब ४० करोड ५२ लाख मध्ये पुँजीगततर्फ ५ करोड ८१ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। यस्तै, योगदानमा आधारिक सामाजिक सुरक्षा कोणमा एक लाख ६८ हजार ८७० जना आबद्ध रहेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.