राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य मनोनयन

राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य मनोनयन

राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्य मनोनयन गरिएको छ। शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुसार सदस्य मनोनयन गरेका हुन्। 

कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन गरिन्छ। 

राष्ट्रिय सभाबाट जारी सूचनाअनुसार दिगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गंगाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाईंलाई मनोनयन गरिएको छ। उक्त समितिमा महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्मा मनोनयन भएका छन्। 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद बान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लोहार, नैनकला ओझा र राधेश्याम अधिकारी छन्। उक्त समितिमा रामनारायण बिंडारी, बिना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ। 

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङ मनोनीत भएका छन् । सांसद दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेललाई चयन गरिएको छ। 

विधायन व्यवस्थापन समितिमा खिमकुमार बिक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ छन् । अध्यक्ष तिमिल्सिनाले उक्त समितिमा रहने गरी प्रमिला कुमारी, वेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमार सिंह यादव, राधेश्याम पासवान र डा. विमला राई पौडेललाई मनोनयन गरेका छन्।


Leave a Reply

Your email address will not be published.