सुदूरपश्चिममा थप १९४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १९४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धुलिखेल अस्पलात धुलिखे र सेती अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्व गौतमका अनसार पछिल्लो २४ घण्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बझाङ ४३, अछाम २८ कैलाली ९ र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यसैगरी धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परीक्षणमा कैलाली २७ जनामा कोरोना पुष्टि भएको प्रबक्ता गौतमले बताए। 

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परीक्षणमा पछिल्लो २४ घन्टामा बझाङमा २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सुदूरपश्चिममा १ हजार ६ सय ७५ जनामा सक्रिय संक्रमित रहेका छन्। योसँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या ४ हजार ६ सय १२ पुगेको छ।


Leave a Reply

Your email address will not be published.