‘तपाईंको मास्क खोइ?’

‘तपाईंको मास्क खोइ?’

लकडाउन खुलेसँगै बजारमा भीडभाड बढेपछि प्रहरीले घोराहीमा नयाँ अभियान सुरु गरेको छ। बजार निस्कदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने बातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीहरूलाई सचेत बनाउने उद्देश्यले वडा प्रहरी कार्यालय घोराहीले दैनिक रुपमा ‘तपाईको मास्क खाई’ अभियान सुरु गरेको हो।

दाङमा कोरोनाको जोखिम नहेटकाले जनतालाई सचेत गराउनका लागि प्रहरी लागेको वडा प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दिनेश रिमालले बताए।

‘लकडाउन हटेपछि बजारमा भीडभाड बढेको छ, भीडभाड बढेपछि जोखिम हुने भएकाले अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै बिहिबारदेखि अभियान सुरु गरेका हौ,’ वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रिमालले भने, ‘अभियानका क्रममा मास्क प्रयोग नगर्नेहरूलाई प्रयोग गर्न लगाएका छौं, पसलमा सामाजिक दुरी कायम गरेर मात्र सामनहरू बिक्री गर्न, अनिवार्य रुपमा पञ्जा प्रयोग गर्न र पसलमा सेनिटाइजर राख्न लगाउनेदेखि ग्राहकका लागि गोलो घेरा बनाउन लगाउने गरेका छौ।’

उनका अनुसार प्रहरीले सवारीसाधनमा पनि सामाजिक दूरी कायम हुने गरि यात्रु राख्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाउने गरेको बताए। अभियानका क्रममा प्रहरीले मास्क गोजीमा राखेर हिड्ने गरेका, कसैले मुखमा लगाउने मास्क चिउडोमा झुड्याएर हिड्ने गरेका र जानीजानी मास्क प्रयोग नगर्नेहरूलाई पहिलो पटक सचेत गराउने गरेको र दोश्रो पटक पुनः त्यसरी नै भेटाए कारबाही गर्ने बताए।

सार्वजनिक स्थान तथा बजारमा भीडभाग हुन नदिने गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार नै घोराहीमा सचेतना मुलक अभियान थालेको प्रहरी निरीक्षक रिमालले बताएका छन्। 

सरकारले लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोना संक्रमणको जोखिम रहेका पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन कम गरेकाले मास्क अनिवार्य लगाउनका लागि दवाफ दिनुपरेको उनले बताए। त्यसका दिन प्रहरीले बजारका चोकचोक तथा सडकमा दैनिक एक पटक पुगेर सन्देश दिने गरेको प्रहरी निरीक्षक रिमालले बताए। 

‘प्रहरीले जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेको हो, प्लेकार्डमा पनि ‘तपाईको मास्क खोई ?’ भनेर लेखेका छौ,’ उनले भने, ‘जसले गर्दा हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझुन भन्ने हामो चाहना हो।’ 

उनका अनुसार प्रहरीले अभियानका क्रममा बजारमा भेटिएका मास्क किन्नै नसक्ने अवस्थाका नागरिकलाई मास्क निशुल्क उपलब्ध गराउने गरेको छ।

अभियानका क्रममा कोही ज्येष्ठ नागरिक तथा बालबालिकाहरू पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने भएकाले उनीहरूलाई निशुल्क रुपमा माक्स प्रदान गर्ने गरिएको उनले बताए।

कोरोना भाइरसबाट जोखिनका लागि उत्तम विकल्प सामाजिकदूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिनसमेत सबैलाई प्रहरीले अनुरोध गर्ने गरेको छ।

कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरी नै चलाएउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन्। लकडाउन हटेपनि कोरोना जोखिम नहटेकाले बजामार भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कामय गराउन लागिरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.