आज राति भारी वर्षा हुनसक्ने

आज राति भारी वर्षा हुनसक्ने

देशका विभिन्न भागमा आज रातिदेखि भारी वर्षा हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण ती स्थानका नदीमा पानीको जलस्तर बढ्नसक्ने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र तराइ क्षेत्रमा डुबान हुनसक्ने जनाएको छ। 

मनसुन न्यून चापीय रेखा अहिले नेपालको मध्यपूर्वी भूभागको नजिकै छ। जसका कारण अझै केही दिन विभिन्न भागमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। 

प्रदेश १, २, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का विभिन्न भागमा ठूले वर्षाको सम्भावना छ। 
 


Leave a Reply

Your email address will not be published.