रुसले बनाएको कोरोना भ्याक्सिन अक्टोबरदेखि प्रयाेग गरिने
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सरकारले आगामी अक्टोबर महिनामै कोरोना उपचारका लागि भ्याक्सिन दिन सकिने दाबी गरेका छन्। र उनले भनेका छन्– त्यसका लागि व्यापक मात्रामा भ्याक्सिन उत्पादनको काम भइरहेको छ।
रुसका सञ्चार माध्यमहरुले जनाएअनुसार मुरास्कोले सबैभन्दा पहिला डाक्टर तथा शिक्षकहरुलाई त्यो भ्याक्सिन दिइनेछ।
यसै महिना रुसले बनाएको भ्याक्सिनले आधाकारिता पाउनेछ। त्यसपछि त्यो सबैका लागि प्रयोग हुने बताइएको छ।
जब कि रुसले भ्याक्सिन बनाउन अपनाएको एकदमै तीव गतिलाई लिएर उसको आलोचना पनि भएको थियो।
अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले भनेका थिए, रुस तथा चीनले संक्रमितलाई भ्याक्सिन दिनुभन्दा पहिला पक्कैपनि त्यससँग सम्बन्धित सबै प्रकारका परिक्षणहरु गरेको हुनुपर्छ।'
र उनले यो पनि दाबी गरेका थिए कि, यही वर्षको अन्त्यतिर अमेरिकाले पनि ‘सुरक्षित र निकै प्रभावकारी’ भ्याक्सिन बनाइसक्नेछ।
अहिलेसम्म विश्वका धेरै देशहरु कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेका छन्। त्यसका लागि २० भन्दा बढी भ्याक्सिनको क्लिनिकल परीक्षणसमेत भइसकेको छ।
इन्टरफेक्स न्यूजका अनुसार मस्कोस्थित गामालेया इन्स्टिट्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सफल गरिसकेको छ र त्यसको अनुमतिका लागि अब प्रशासनिक काममा व्यस्त छ।
Clinical trials of a #COVID19 vaccine developed by the #Gamaleya Scientific Research Institute of Epidemiology and Microbiology are over. Mass vaccination to begin in October.
➡️ https://t.co/5c4eokhVpZ pic.twitter.com/0Wp2vXMVcE
— Russia in India (@RusEmbIndia) August 1, 2020