आज कहाँ–कहाँ हुन्छ भारी वर्षा?

आज कहाँ–कहाँ हुन्छ भारी वर्षा?

मनसुनी वायुको प्रभाव कायमै भएका कारण बागमती प्रदेश गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर कतै सामान्य र कतै भारी वर्षा हुनसक्ने जनाएको छ। 

देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, बाग्मती प्रदेश गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

वर्षाका कारण क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

यस्तो छ अगामी तीन दिनको मौसम
आइतबार

दिउँसो : साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्य बदली हुनेछ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमबार

दिउँसो : गण्डकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : साथै गण्डकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार

दिउँसो : बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published.