‘मास्कले अधिकार हनन्’ गरेको भन्दै जर्मनीमा सरकारविरुद्ध प्रदर्शन

‘मास्कले अधिकार हनन्’ गरेको भन्दै जर्मनीमा सरकारविरुद्ध प्रदर्शन

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएका प्रतिवन्धविरुद्ध हजारौं जर्मनीका नागरिक सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीले मास्कले मुख छोप्न लगाएर सरकारले नागरिक स्वतन्त्रताको हनन् गरेको आरोप लगाएका छन्। 

सरकारल कोरोना भाइरसको नाममा विभिन्न किसिमका प्रतिबन्ध तथा नियन्त्रण गरेर मानवीय स्वतन्त्रताको उल्लंघन गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जर्मनी सरकारले सुरक्षाका लागि भन्दै मास्क अनिवार्य गरेको छ। 

प्रदर्शनकारीले ‘कोरोना केवल झ्टा अर्लाम’ भएको र हामीलाई मास्क लगाउन बाध्य बनाइदैछ’ लगायतमा नारा लगाएका थिए।

बिबिसिका अनुसार प्रदर्शनमा सहभागीले कोरोना भाइरसको अस्तित्वप्रति विश्वास नगर्ने  र कोरोना भाइरसलाई लिएर सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गरेका छन्। 

‘हाम्रो माग प्रजातन्त्रमा फर्किनु हो, मास्क लगाई हामीलाई दास बनाउन खोज्ने नियम कानुन चाहिँदैन’ भन्दै सर्वसाधारणले नाराबाजी गरेका थिए। 

जर्मनीका सवास्थ्यमन्त्री जेम्स स्पेहनले प्रदर्शनमा उत्रिएकमा सर्वसाधारणले सामाजिक दुरी(डेढ मिटर) कायम नगरिएको भन्दै उनीहरुको आलोचना गरेका छन्। ः‘महामारीमा पनि प्रदर्शन गर्न दिनुपर्छ तर यसरी होइन’, उनले भनेका छन्।

जर्मन सरकारले संक्रमण नियन्त्रणका लागि अनिवार्य श्रपमा मास्क लगाउनुपर्ने, सार्वजनिक सवारीमा यात्रा गर्दा अनुहार छोप्नुपर्ने र जोखिम क्षेत्रबाट फर्केकाहरुले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने नियम लागु गरेको छ।

जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ९ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ७७ जनामा संक्रमण देखिएको छ।


Leave a Reply

Your email address will not be published.