बाढीपीडितका घर पुनर्निर्माण गर्न एक लाख दिने कर्णाली सरकारकाे निर्णय

बाढीपीडितका घर पुनर्निर्माण गर्न एक लाख दिने कर्णाली सरकारकाे निर्णय

कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएकालाई घर पुनर्निर्माण गर्न एक  रुपैयाँ राहत दिने भएको छ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आवास निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन्।

‘बाढी पहिरोबाट धेरै ठाउँमा क्षति पुगेको छ, धेरैका घरहरु पूर्ण रुपमा क्षति भएका छन्,’ उनले भनिन्, ‘अहिले त्यस्ता पूर्ण रुपमा क्षति भएका परिवारलाई आवास निर्माणका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने हिजोको बैठकले निर्णय गरेको हो।’

यस्तै बैठकले बाढीपहिरोबाट विस्थापित परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न पनि उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकले जिल्ला सरकारी कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्तीका लागि सहमति दिने निर्णय पनि गरेको मन्त्री केसीले जानकारी दिइन्।


Leave a Reply

Your email address will not be published.