ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखानामा ‘आवत-जावत’ बन्द

ट्राफिक प्रहरीमा कोरोना पुष्टि, बग्गीखानामा ‘आवत-जावत’ बन्द

दुई जनालाई कोरोना संक्रमण देखिएपछि महानगरीय ट्राफिक महाशाखामा सर्वसाधारणको आउजाउ बन्द गरिएको छ। 

महाशाखाभित्र रहेका प्रहरीहरू सबै क्वारेन्टाइनमा राखिएको छ। महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३७५ जनालाई ब्यारेकमा राखिएको छ। 

महाशाखाका अनुसार शुक्रबार ट्राफिक प्रहरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै उनीहरूको कन्ट्याक्टमा रहेका व्यक्तिहरूको खोजी थालिएको छ। 

‘हामी ३७५ जना सबै लकडाउनमा छौं, ब्यारेकमा बसिरहेका छौं, यहाँ भित्र रहेकालाई बाहिर जान र बाहिरकालाई भित्र आउन दिइएको छैन,’ महाशाखा प्रमुख ढकालले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।’ 

महानगरीय ट्राफिक महाशाखामा १ हजार ५४५ जनाको दरबन्दी छ। 

कम र बढी जनशक्ति रहेको ठाउँबाट ट्राफिक व्यवस्थापनमा खटाइएको ढकालले बताए।  


Leave a Reply

Your email address will not be published.