प्रधानमन्त्रीसँग परामर्श गर्न बालुवाटार पुगे प्रचण्ड र झलनाथ

प्रधानमन्त्रीसँग परामर्श गर्न बालुवाटार पुगे प्रचण्ड र झलनाथ

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र झलनाथ खनाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि भेट गर्न बालुवाटार पुगेका छन्। 

पार्टीको आन्तरिक विवाद, लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठकलगायतका विषयमा कुरा गर्न उनीहरू बालुवाटार पुगेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) ले जानकारी दिए। 

उनीहरुले छलफलबाट पार्टीभित्र देखिएको विवाद समाधान गरी पार्टी एकता प्रक्रियालाई पूर्णता दिने विषयमा कुराकानी गर्ने बताइएको छ। आइतबार बिहान पौने १० बजेतिर उनीहरु बालुवाटार पुगेका हुन्। 

स्रोतका अनुसार विवाद सतहमा आएपछि केन्द्रीय सदस्यहरुद्वारा माग गरिएको केन्द्रीय कमिटी बैठकका विषयमा पनि प्रधानमन्त्री ओलीसँग छलफल हुनेछ। 

स्थायी कमिटी बैठक स्थगित भएपछि सहभागी बहुमत स्थायी कमिटी सदस्यहरुको भेलाले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग परामर्श गरी छलफलको वातावरणका लागि पहल गर्ने जिम्मेवारी दिएको थियो। सोही निर्णय कार्यान्वयनका लागि प्रचण्ड र नेता खनाल बालुवाटार पुगेका हुन्।


Leave a Reply

Your email address will not be published.