सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९९ हजार ६ सय

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९९ हजार ६ सय

नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। निरन्तर उकालो लागेको सुनको भाउ आज आइतबार तोलाको ९९ हजार ६ सय पुगेको छ। 

पछिल्लो एक सातामा सुनको भाउ साढे तीन हजार रुपैयाँभन्दा धेरैले बढेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार आठ सयमा किनबेच भएकोमा आज आइतबार ९९ हजार ६ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ आइतबार एकै दिन ३ सयले बढेको हो। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

विश्व कोभिड–१९ का कारण आक्रान्त भएका बेला अर्थतन्त्र संकुचन भएको छ। यो अवस्थामा लगानीको वातावरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा दिनहुँ सुनको भाउ उकालो लागिरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्यले नेपालमा सुनको भाउ केही समय अझै उकालो लाग्ने र तोलाको १ लाख ३० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरेका छन्।

गत शुक्रबार ९९ हजार ३ सयमा किनबेच भएको सुनको भाउ बिहीबार ९९ हजार पुगेको थियो। बुधबार सुनको भाउ तीन सयले बढेर ९८ हजार पाँच सय पुगेको थियो।

मंगलबार ७ सयले बढेर तोलाको ९८ हजार २ सय, सोमबार १ हजार २ सयले बढेर ९७ हजार ५ सय र आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। 

महासंघका अनुसार तेजाबी सुन आइतबार ९९ हजार १ सइ ६० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएकोमा बिहीबार ९८ हजार ५ सय ६० पुगेको थियो। 

चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेको छ। आज आइतबार चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार २५ रुपैयाँ घटेर १ हजार २ सय रुपैयाँ कायम भएको थियो। 

महासंघका अनुसार साउन ११ मा छापावाल सुन तोलाको ९६ हजार ३ सय, १२ मा ९७ हजार ५ सय, १३ ान ९८ हजार २ सय, १४ मा ९८ हजार ५ सय, १५ मा ९९ हजार र १६ गते ९९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदी साउन ११ मा १ हजार १ सय ५५, १२ मा १ हजार २ सय १०, १३ गते १ हजार २ सय ४५, १४ र १५ मा १ हजार २ सय २५ र १६ गते १ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।


Leave a Reply

Your email address will not be published.