पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउ यथावत राखेर पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको छ। बढेको भाउ शनिबार मध्यरातबाट लागू भएको हो। अब पेट्रोलको भाउ लिटरको १ सय ४ तथा डिजेल र मट्टितेल लिटरको ९० रुपैयाँ कायम भएको छ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। 
 


Leave a Reply

Your email address will not be published.