आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै बाबुको हत्या अभियोगमा छोरा पक्राउ

कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-९ छम्पी डाइछापका २८ वर्षीय सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। 

शव दाहसंकारको लागि पशुपति आर्यघाट लगेको जानकारी आएपछि प्रहरीले कुटपिट गर्ने नेपालीलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.