कोरोनाबाट भारतमा प्रदेश मन्त्रीको मृत्यु

कोरोनाबाट भारतमा प्रदेश मन्त्रीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ।

कोरोना संक्रमित रहेकी उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी बरूणको आइतबार ज्यान गएको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

बरूणलाई १८ जुलाईमा कोरोनाको संक्रमण देखिएपछि उपचारका लागि उत्तर प्रदेशको राजधानी लखनउस्थित एसजिपिजीआई अस्पताल लगिएको थियो। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बरूणको ज्यान गएको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। बरूणको मृत्युपछि योगीले यसअघि तय भएको अयोध्याको भ्रमण पनि स्थगित गरेका छन्।


Leave a Reply

Your email address will not be published.