प्रहरी हेडक्वार्टरमा तालिम सकेर फर्केका प्रहरीमा कोरोना

प्रहरी हेडक्वार्टरमा तालिम सकेर फर्केका प्रहरीमा कोरोना

प्रधान कार्यालयमा झन्डै तीन महिना तालिम गरेर फर्किएका प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ। 

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा कार्यरत् एक प्रहरी जवानलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीका अनुसार ती जवान पाँच दिनअघि मात्र धनगढी पुगेका थिए। 

उनलाई कार्यालयबाहिरै क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गरिएको थियो। पिसिआर परीक्षणमा आइतबार कोरोना संक्रमण देखिएपछि त्यहाँको कोभिड अस्पताल भर्ना गरिएको सुवेदीले बताए।

प्रहरी प्रधान कार्यालयमा करिब तीन महिनासम्म रेडियो मेन्टिनेन्स तालिम भएको थियो। सो तालिममा तीन दर्जन प्रहरी सहभागी थिए। 
कोरोना संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। उनको परिवारको स्वाब संकलन गरिएको सुवेदीले बताए। 

यता प्रहरी प्रधान कार्यालयमा पनि उक्त तालिमका सहभागीहरूको परीक्षण आवश्यक देखिएको छ। 

प्रहरी प्रधान कार्यालयमा यसअघि ७२ जनामा कोरोना संक्रमण देखिइसकेको छ।


Leave a Reply

Your email address will not be published.