सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण 

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण 

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टाको अवधीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा काठमाडौंमा गरिएको परीक्षण्मा २३, शुक्रराज ट्रपिकल अस्पतालको प्रयोगशालामा १, डडेलधुरा अस्पतालको प्रयोगशालामा १ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका प्रबक्ता डाक्टर जाशेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २, डोटी ११ र कैलाली १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यसैगरी शुक्रराज ट्रपिकल अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १ र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यसैगरी सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २२ र बैतडीको पाटनका १ जना गरी २३ जनामा  संक्रमण पुष्टि भएको हो।

आज थपिएका संक्रमित हरूमा धनगढी उपमहानगरपालिका र मोहन्याल गाउँपालिकाका दुई/दुई गरी ४ जना पुरुष, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशी पुर गाउँपालिकाका १/१ गरी तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ। 

आज नै कैलालीको बर्दगोरिया गाउँपालिकाका तीन महिला र ५ पुरुष गरी ८ जना तथा टिकापुर नगरपालिकाका दुई महिला र ५ पुरुष गरी ७ जना तथा बैतडीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।


Leave a Reply

Your email address will not be published.