भारतीय गृहमन्त्री अमित शाहमा कोरोना संक्रमण
भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री शाहले आइतबार ट्विट गर्दै आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन्।
‘कोरोना भाइरसका सुरुआती लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। मेरो स्वास्थ्य ठिक भए पनि डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना हुँदै छु। कृपया मेरो सम्पर्कमा आएका सबैले आफ्नो स्वास्थ्य परीक्षण गरी आइसोलेसनमा बस्नुहोला,’ ट्विटरमार्फत शाहले भनेका छन्।
शाहलाई कोरोना देखिएपछि गुरुग्रमस्थित मेदान्त अस्पताल भर्ना गरिएको छ।