आइतबार कर्णालीमा कोरोना संक्रमित भेटिएनन्

आइतबार कर्णालीमा कोरोना संक्रमित भेटिएनन्

आइतबार कर्णालीमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छैनन्। पछिल्लो २४ घन्टामा दुई सय नौं जनामा कोरोना परिक्षण गरिएको थियो।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ७४ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम (पश्चिम) मा ३५ जनामा संक्रमण परीक्षण गरिएको थियो।

हालसम्म कर्णालीमा कूल संक्रमितको संख्या एक हजार नौ सय ३९ जना रहेको छ। 

यसका साथै पछिल्लो २४ घन्टामा कुनै पनी कोरोना संक्रमित डिस्चार्ज भएका छैनन्। डा. तिवारीका अनुसार हालसम्म एक हजार सात सय २२ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। 

संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ भने दुई सय ११ जना सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरहरूमा उपचार भइरहेको छ।

केहिदिन यता कर्णाली प्रदेशको रुकुम पश्चिम, डोल्पा, जुम्ला र हुम्लामा कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन्। 

हाल दैलेखमा एक सय २७, सुर्खेतमा ३६, जाजरकोट र कालिकोटका १२–१२ जना, सल्यानमा नौं र मुगुमा एक जना संक्रमितको उपचार भइरहेको छ। 


Leave a Reply

Your email address will not be published.