आइतबार ११८१ नेपाली स्वदेश फर्किए 

आइतबार ११८१ नेपाली स्वदेश फर्किए 

कोरोना संक्रमणको विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फर्काउने क्रममा आइतबार ११८१ जना काठमाडौं ल्याइएका छन्। 

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार मलेसिया, दुबई, अमेरिका र कतारबाट ११८१ जना नेपाली स्वदेश फर्काइएको हो। 

सिसिएमसीका अनुसार मलेसियाबाट ४२२ जना नेपाल फर्किएका छन्। यस्तै, अमेरिकाबाट १३८ जना र दुबईबाट ४७१ तथा कतारबाट १५० जना नेपाली काठमाडौं आइपुगेका छन्। यी उडानमा १६ वटा लाश पनि ल्याइएको सिसिएमसीले जनाएको छ। 

काठमाडौं आइपुगेका नेपालीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको छ। उक्त सेन्टरमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका काम गरी सम्बन्धित प्रदेशहरूमा बुझाउने काम भइरहेको सिसिएमसीले जनाएको छ।

हालसम्म विदेशमा अलपत्र ३८ हजार ४४६ जना नेपाली स्वदेश फर्काइएको सिसिएमसीले जनाएको छ। हालसम्म भारतसहित २९ राष्ट्रबाट नेपाली ल्याउने काम भइरहेको छ।


Leave a Reply

Your email address will not be published.