अमिताभले जिते कोरोना

अमिताभले जिते कोरोना

बलिउड सुपरस्टार अमिताभ बच्चनले कोरोना संक्रमण जितेका छन्। कोरोना जितेसँगै उनी घर फर्किएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

अमिताभले ट्विट गर्दै आफूले संक्रमण जितेको र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्। 'कोरोना नेगेटिभ रिपोर्ट आएपछि म अस्पतालबाट डिस्चार्ज भइसकेको छु। अब म घरमै क्वारेन्टाइनमा रहने छु। सर्वशक्तिमानको कृपा। आमाबुवाको आषिर्वाद र शुभचिन्तक एवं साथीहरूको कामना तथा नानावती अस्पतालको उत्कृष्ट हेरचाहले आजको दिन मेरा लागि सम्भव भएको हो', उनले ट्विट गर्दै लेखेका छन्।

अभिषेकले पनि आफ्ना बुवाको १९औं टेस्ट नेगेटिभ आएको जानकारी दिएका छन्। तर, अभिषेकले अझै अस्पतालमा नै छन्।

अमिताभ र अभिषेकमा ११ जुलाईमा कोरोना पुष्टि भएको थियो। त्यसको केही दिनपछि ऐश्वर्या र उनकी छोरी आराध्यामा संक्रमण पुष्टि भए पनि उनीहरूले कोरोना जितिसकेका छन्।


Leave a Reply

Your email address will not be published.