मिर्गोला पीडित क्रिकेटर कुन्दनलाई ६ लाख सहयोग

मिर्गोला पीडित क्रिकेटर कुन्दनलाई ६ लाख सहयोग

दुबै मिगौला काम नलाग्ने भइसकेको क्रिकेट खेलाडी कुन्दन सिंहलाई उपचारको लागि जनकपुरका युवाहरूले संकलन गरेको रकम हस्तान्तरण गरिएको छ।

राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका महोत्तरीका फुलहट्टा बस्ने २४ वर्षीय कुन्दन दुबै मिर्गौला काम नलाग्ने भइसकेपछि थला परिसकेका छन्। करिब ६ महिनादेखि उपचार गराइरहेका उनलाई साताको दुईपटक डाइलेसिस गर्नु परिरहेको छ।

कुन्दनको उपचारका लागि राज्यले चासो नदिएपछि जनकपुरका युवाहरूले संकलन गरेको रकम आइतबार हस्तान्तरण गरिएको हो। क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयको पहलमा स्थानीय युवाहरूले संकलन गरेका ६ लाख रुपैयाँ कुन्दनलाई हस्तान्तरण गरिएको हो।

कुन्दन बचाउ अभियानअन्तर्गत जनकपुरका युवाहरूले जनकपुर र काठमाडौंका १ सय ४ जनामार्फत सहयोग भएको ६ लाख ३८ हजार ६ सय ९६ र ई–सेवा तथा बैंकमार्फत प्राप्त भएको २३ हजार २ सय गरी कुल ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ हस्तान्तरण गरिएको अभियानका अगुवा पाण्डेयले बताए।

प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रियस्तरको खेलमा सहभागिता जनाइसकेपनि स्वास्थ्यका कारण थला परिसकेका कुन्दनको उपचार गराउनतर्फ प्रदेश सरकारले कुनै चासो नदेखाएको युवाहरूको आरोप छ।


Leave a Reply

Your email address will not be published.