भूमिहीनलाई जमिनको मालिक बनाउने जिम्मेवारी आयोगलाई: मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी छन्।
ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।
मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिइन्।
‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो। त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘यो काम छिटो अगाडि बढाउनुपर्छ। तपाईँहरू त्यसका लाग्नुस।’
मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने समेत बताइन्। देशभरका भूमिहीन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन्।
भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।