विषाक्त्त मदिरा सेवन गर्दा भारतमा १०४ जनाको मृत्यु

विषाक्त्त मदिरा सेवन गर्दा भारतमा १०४ जनाको मृत्यु

विषाक्त्त मदिरा सेवन गर्दा भारतमा १ सय ४ जनाको मृत्यु भएको छ।

भारतको पञ्जाव प्रान्तमा विषाक्त्त मदिरा सेवन गर्दा १ सय ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मदिरा सेवनबाट मृत्यु हुनेमा सबैभन्दा बढी तरनतारन जिल्लाका रहेका  छन। तरनतारनका ८० जनाले विषाक्त्त मदिराका कारण ज्यान गुमाएका छन्।

गुरदासपुरको बटाला र अमृतसागरमा मदिराका कारण १२–१२ जनाको मत्यु भएको छ।

विषाक्त्त मदिरा सेवन गर्दा धेरैको ज्यान गएको भन्दै पञ्जाव सरकारले अवैध र विषालु मदिरा उत्पादन तथा विक्रिवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मृतकका परिवारलाई राहतस्वरुप दुई–दुई दाख रुपैयाँ दिने घोषणा पञ्जाव सरकारले गरेको छ।


Leave a Reply

Your email address will not be published.