विश्वभर कोरोनाका दुई लाख १७ हजार संक्रमित थपिए, भारतमा मात्रै ५२ हजार 

विश्वभर कोरोनाका दुई लाख १७ हजार संक्रमित थपिए, भारतमा मात्रै ५२ हजार 

भारतमा कोरोना भाइरसको संक्रमणदर निरन्तर बढिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ७ सय ५८ कोरोना संक्रमितको मृत्यु भएको छ। यो अवधिमा थप ५२ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा सोमबार बिहानसम्म ३८ हजार १ सय ६१ जना कोरोना संक्रमितको ज्यान गएको छ, कुल संक्रमित १८ लाख ४ हजार ७ सय २ पुगेका छन्।

तीमध्ये ११ लाख ८७ हजार २ सय २८ जना निको भएका छन्। तर, ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।

अमेरिकामा पनि कोरोना संक्रमणदर बढ्दो छ। त्यहाँ पछिल्लो २४ घन्टामा ४ सय ६७ कोरोना संक्रमितको ज्यान गएको छ। यो अवधिमा ४९ हजार ३६ जना संक्रमित थपिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ५८ हजार ३ सय ६५ कोरोना संक्रमितको ज्यान गएको छ।  कुल संक्रमितको संख्या ४८ लाख १३ हजार ६ सय ४५ पुगेको छ।

ब्राजिलमा एकैदिनमा ५ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ हजार ८ सय १ जना नयाँ संक्रमित फेला परेका छन्।

ब्राजिलमा हालसम्म ९४ हजार १ सय ३० संक्रमितको ज्यान गइसकेको छ, भने कुल संक्रमितको संख्या २७ लाख ३३ जार ६ सय ७७ पुगेको छ।

मेक्सिकोमा एकैदिन ७ सय ८४ कोरोना संक्रमितको मृत्यु भएको छ। ९ हजार ५ सय ५६ संक्रमित थपिएका छन्।

मेक्सिकोमा ४७ हजार ४ सय ७२ कोरोना संक्रमितको मृत्यु भएको छ, भने कुल संक्रमितको संख्या ४ लाख ३४ हजार १ सय ९३  पुगेको छ।

विश्वमा एकैदिन २ लाख १७ हजार ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ।

विश्वभर ६ लाख ९२ हजार ४ सय २० कोरोना संक्रमितको ज्यान गइसकेको छ, भने कुल संक्रमितको संख्या १ करोड ८२ लाख २६ हजार ५ सय ९७ पुगेको छ। संक्रमितमध्ये १ करोड १४ लाख ३९ हजार २ सय ६२ जना निको भएका छन्।
 


Leave a Reply

Your email address will not be published.