कर्नाटकका मुख्यमन्त्रीमा कोरोना संक्रमण
भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्री येदियुरप्पाले आफू कोरोना संक्रमित भएको जानकारी ट्वीटर मार्फत दिएका हुन्।
‘स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको भए पनि मेरो स्वास्थ्य अवस्था सामान्य छ, तैपनि डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हँदै छु’ उनले ट्वीटरमार्फत भनेका छन्।
येदियुरप्पाले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न आग्रअह गरेका छन्।
I have tested positive for coronavirus. Whilst I am fine, I am being hospitalised as a precaution on the recommendation of doctors. I request those who have come in contact with me recently to be observant and exercise self quarantine.
— B.S. Yediyurappa (@BSYBJP) August 2, 2020