मेलम्ची बजारमा पहिरो, आठजना मजदुर वेपत्ता
मेलम्ची बजारमा ठूलो पहिरो खसेको छ। त्यसमा पुरिएर ८ जना हराइरहेका छन् भने एकजनालाई प्रहरीले उद्धार गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ गौरा बगरमा पहिरो खसेको हो। यो मेलम्ची बजारमै पर्छ।
त्यहाँका कभर्ड हल बनाउन आएका मजदूरहरु पहिरोमा वेपत्ता भएका हुन्। नगरपालिकाका उपाध्यक्ष भगवती नेपालका अनुसार अहिले त्यहाँ उद्धारको काम भइरहेको छ।