मेलम्ची पहिरो अपडेट– पाँच जनाको शव भेटियो, तीन अझै बेपत्ता

मेलम्ची पहिरो अपडेट– पाँच जनाको शव भेटियो, तीन अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा पुरिएका मध्ये पाँचजनाको शव भेटिएको छ। 

गौराबगरमा गएराति करिब दुई बजेतिर गएको पहिरोमा परी ८ जना वेपत्ता भएका थिए। बाँकि तीन जनाको  खोजी कार्य भइरहेको छ।

पहिरोमा परी वेपत्ता भएकाहरुमध्ये पाँच जनाको शव भेटिएको र  बाँकीको खोजी कार्य भइरहेको नगरपालिकाकी उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

वेपत्ता भएका सबै मजदुर कर्भडहल बनाउने काम गरिरहेका थिए। हिजो राती पहिरोले उनीहरु बसिरहेको टहरो पुरेको थियो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ गौराबगरमा पहिरो खस्दा आठ जना मजदुर बेपत्ता भएका थिए। 

सोमबार बिहान दुई बजेतिर पहिरो खस्दा कर्भडहल निर्माणका लागि गौराबगरमा रहेका नौ जना पुरिएकोमा एक जनाको उद्धार गरिएकाे थियाे। 

 


Leave a Reply

Your email address will not be published.